रोजगारी सृजना गर्न नसक्नु मुख्य चुनौती : प्रदेश सभा सदस्य केसी
64x64
२०७९ चैत्र २६ आइतबार प्रेसपालिका संवाददाता
156 Views

रुकुम पश्चिम २६, चैत ।
कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले अहिलेको अवस्थामा रोजगारी सृजना गर्न नसक्नु मुख्य चुनौती रहेको बताउनुभएको छ । विकास अनुसारको रोजगारी सृजना गर्न नसक्दा वर्तमान व्यवस्था र नेताहरु प्रति प्रश्न उठिरहेको उहाँको भनाइ छ ।

आइतबार मुसिकोटमा सम्पन्न सातौं जिल्ला सभामा बोल्दै साँसद केसीले अब रोजगारी सृजना तर्फ लाग्नुपर्ने बताउनुभएको छ । रोजगारी सृजना गर्न कृषि क्षेत्रको बृहत्तर विकास र प्राथमिकतामा ध्यान दिन आवश्यक रहेको केसीले बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधार तर्फको आधारभुत तहको विकास सम्पन्न भैसकेको बताउँदै अबको बिकास भनेको दिगो विकास नै भएको बताउनुभएको छ ।

त्यस्तै सडक लगायत खानेपानीका धाराहरुको भौतिक संरचना निर्माण भइसकेकाले अव शिक्षामा गुणस्तरीयता कायम गर्नुपर्ने साँसद केसीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News