सातौं जिल्ला सभा सम्पन्न
64x64
२०७९ चैत्र २६ आइतबार प्रेसपालिका संवाददाता
217 Views

रुकुम पश्चिम २६, चैत ।
रुकुम पश्चिमको सातौं जिल्ला सभा आइतबार मुसिकोट खलंगामा सम्पन्न भएको छ । “समाजवाद उन्मुख समृद्धिको आधार, उत्पादन र पूर्वाधार सहितको शिक्षा, स्वास्थ्य रोजगार” भन्ने मूल नाराका साथ जिल्ला सभा सम्पन्न भएको हो ।

जिल्ला समन्वय समितिको हलमा सम्पन्न सभाका सभाध्यक्ष तथा समन्वय प्रमुख लुम्बिनी गौतम केसीले पेश गर्नुभएको प्रस्तावलाई सभाले पास गरेको छ । उहाँले जिल्ला सभामा जिल्लाको समृद्धि र विकास निर्माणका नीतिगत मार्गदर्शनका क्षेत्रहरु प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत गरिएका नीतिगत क्षेत्रका ७४ वटा बुदा सभाले पास गरेको छ ।

जिल्ला सभाले कृषि क्षेत्रको रुपान्तरण, पूर्वाधार विकास, गरिबी निवारण, पर्यटन प्रबर्द्धन, सामाजिक सुरक्षा, सुशासन, रोजगारी लगायत अन्य क्षेत्रलाई समेटेको छ । नेपालको संविधान, पन्ध्रौं आवधिक योजना, स्थानीय सरकार संचालन ऐन, २०७४ लगायतलाई आधार बनाएर सभाका नीतिगत क्षेत्रहरु पारित गरिएको बताइएको छ ।

सातौं जिल्ला सभामा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य कल्याणी खड्काको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै ६ वटै पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, समन्वय समितिका सदस्य, प्रमुख जिल्ला अधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको जनाइएको छ ।

जिल्ला स्थित सबै पालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवं वार्षिक बजेट तर्जुमा गर्नुपूर्व त्यसको तयारी स्वरुप जिल्ला सभाको आयोजना गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News