
रुकुम पश्चिम २५, चैत ।
रुकुम पश्चिमको मुसिकोट खलंगाबाट सञ्चालित सामुदायिक रेडियो सानीभेरी एफएम पन्ध्र बर्ष पूरा गरी स्रोह्रौ बर्षमा प्रवेश गरेको छ । सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्र रुकुमद्धारा सञ्चालित रेडियो सानोभेरी पन्ध्र वर्ष पूरा गरी आजदेखि स्रोह्रौ बर्षमा प्रवेश गरेको हो ।
रेडियोका प्रबन्ध निर्देशक धुव्रबिक्रम बुढाथोकीले एक बिज्ञप्ति जारी गर्दै आफ्नो १६ औं वर्ष प्रवेशको अवसरमा सहयोग गर्ने आमश्रोता,विज्ञापनदाता, संस्थामा कार्यरत पत्रकार तथा कर्मचारी, शुभेच्छुक, शुभचिन्तकहरुमा धन्यवाद सहित शुभकामना व्यक्त गर्नुभएको छ ।
२०६४ साल चैत्र २५ गते प्रसारण सुरु गरेको रेडियो सानोभेरीले सूचना, सन्देश र विचार प्रवाहको माध्यमबाट संविधान निर्माणसँगै त्यसको कार्यान्वयन र संघीयता संस्थागत गर्ने कार्यमा महत्वपूर्ण योगदान गरेको छ । नयाँ संविधान जारी भए पश्चात नेपालमा भएको दोस्रो पटकको निर्वाचन मार्फत व्यक्त नागरिकको अभिमत अनुरुप विकास, समृद्धि र उत्पादनको योजना कार्यान्वयनलाई तिव्रता दिई समाजवादको आधार तयार गर्न तथा संघीयताको सवल कार्यान्वयनका लागि राज्यका सबै निकायलाई थप उत्तरदायी बनाउन जोड दिनेछौं विज्ञप्तिमा भनिएको छ।
साथै राज्यका विभिन्न निकायहरुमा अनियमितता देखिएमा त्यसको सशक्त भण्डाफोर गरी सुशासन कायम गर्ने कार्यलाई दिइ सामाजिक परिर्वतन, मौलिक कला संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाहरुको प्रस्फुटन, जनहितकारी सन्देश प्रवाह जस्ता नियमित कार्यहरुमा पनि आफ्नो भुमिका जारी रहने बताइएको छ ।
