नि:शुल्क आँखा अप्रेसन सम्पन्न
64x64
२०७९ चैत्र २४ शुक्रबार प्रेसपालिका संवाददाता
212 Views

रुकुम पश्चिम २४, चैत ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, सल्लेमा सञ्चालित २ दिने नि:शुल्क आँखा अप्रेसन शिविर सम्पन्न भएको छ  ।  नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको आयोजना, मुसिकोट नगरपालिका र एन ए बिपि आईकेयर नर्वेको आर्थिक सहयोग तथा राप्ति आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

यही चैत २३ र २४ गते जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा सञ्चालित शिविरबाट ६ सय ३२ जना आँखाका बिरामीले सेवा लिएको आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमका इन्चार्ज धन बहादुर केसीले जानकारी दिए । केसीका अनुसार शिविरमा ६० जनाको आँखाको अप्रेसन भएको र २ सय ८ जनालाई लेखपढ गर्न मिल्ने चस्मा वितरण गरिएको छ ।

शिविरमा राप्ति आँखा अस्पताल तुलसीपुर दाङका आँखा नानी बिशेषज्ञ डा.ज्योति सापकोटा लगायत १६ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका हुन् । शिविरमा मोतिबिन्दु तथा सम्पूर्ण आँखाका समस्याहरुको चेकजाँच तथा नि:शुल्क उपचार गरिएको छ  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News