रुकुम पश्चिम २२, चैत ।
कालिकोटमा मंगलबार सम्पन्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभामा रुकुम पश्चिम उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । कर्णाली प्रदेशका दश जिल्ला मध्य रुकुम पश्चिम शाखा कार्य सम्पादन मुल्यांकनका आधारमा उत्कृष्ट बन्दै सम्मानित भएको हो ।
कालिकोटको नरहरि नाथ गाउँपालिका स्थित सुनथराली विमानस्थलमा सम्पन्न साधारण सभामा रुकुम पश्चिम शाखाका अध्यक्ष लक्ष्मण केसीले सम्मान पत्र ग्रहण गरेका छन् । प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीबाट केसीले उत्कृष्ट शाखाको सम्मान पत्र ग्रहण गरेका हुन् ।
सो सम्मानले रुकुम पश्चिम शाखाको गरिमा बढेको र आगामी दिनमा समेत उत्कृष्ट कार्य सम्पादन गर्न थप हौसला मिलेको अध्यक्ष केसीले बताए ।