रेडियो नेपालको ७३औं वार्षिकोत्सबमा खड्का पुरस्कृत
64x64
२०७९ चैत्र २० सोमबार प्रेसपालिका संवाददाता
308 Views

रुकुम पश्चिम २०, चैत ।
रुकुम पश्चिमबाट रेडियो नेपालका सम्बाददाता  मेगराज खड्का देशैभरबाट उत्कृष्ट सम्बाददाताको रुपमा पुरस्कृत भएका छन् । रेडियो नेपालको ७३औं  बार्षिक उत्सवको अवसरमा खड्का पुरस्कृत भएका हुन् ।

रेडियो नेपालको ७३औं वार्षिकोत्सबको बिशेष समारोहमा आज खड्कालाई संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले उत्कृष्ट सम्बाददाताको पुरस्कार प्रदान गर्नुभएको छ ।  खड्का रुकुम पश्चिमबाट विगत १२ बर्ष देखि रेडियो नेपालमा जिल्ला सम्बाददाताको रुपमा कार्यरत छन् ।

त्यसका साथै खड्का रुकुम पश्चिमबाट प्रकाशित आहा सञ्चार साप्ताहिक पत्रिकाको सम्पादक समेत छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News