मुसिकोटमा पुँजी बजार सम्बन्धी साक्षरता कार्यक्रम
64x64
२०७९ चैत्र १९ आइतबार प्रेसपालिका संवाददाता
175 Views

रुकुम पश्चिम १९, चैत ।
रुकुम पश्चिमको मुसिकोटमा आजदेखि पुँजी बजार सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । साक्षरता कार्यक्रम अन्तर्गत सहजकर्ताका लागि रुपान्तर नेपालको आयोजना तथा नेपाल धितोपत्र  बोर्ड र मर्चेन्ट बैंकर्स एसोसिएसन नेपालको संयोजनमा तालिम सुरु भएको हो ।

तालिममा जिल्ला स्थित ३ वटा नगरपालिकाका (मुसिकोट, चौरजहारी र आठबिसकोट) ४५ जना सहजकर्ता सहभागी भएका छन् । अहिलेको युवा पंक्ति र आम नागरिकलाई पुँजी बजारको जानकारी दिन तथा लगानीमा पहुँच बिस्तार गर्ने उदेश्यले क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको रुपान्तर नेपालका अध्यक्ष मुकुन्द कुमार शर्माले बताउनुभएको छ ।

उहाँका अनुसार नेपालको पुँजी बजार आधुनिकीकरण बन्दै गएकाले पुँजी बजारको चुनौती, लगानी र सम्भावनाको विषयमा तालिम केन्द्रित गरिएको छ । तालिमको सहजीकरण नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनय देव आचार्य र मर्चेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष विजय लाल श्रेष्ठ लगायतले गरेका छन् ।

क्षमता अभिवृद्धि तालिम पश्चात् सहभागी सबै सहजकर्ताले आफ्नो वडा तह सम्म पुगेर पुँजी बजार र लगानीका विषयमा साक्षरता अभियान चलाउनुपर्ने छ । यसबाट गाउँका नागरिक र युवा पंक्तिलाई बदलिँदो पुँजी बजारको जानकारी हुनेछ । जसले लगानीकर्तालाई सजिलै लगानी गर्ने वातावरण निर्माण हुने रुपान्तरका अध्यक्ष शर्माको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News