रुकुम पश्चिम १७, चैत ।
प्रेस सेन्टर नेपाल मुसिकोट नगर समितिको बैठक सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडानम्बर -५, स्थित शहिद प्रतिष्ठानको शभाहल सेरीगाँउमा बैठक सम्पन्न भएको हो ।
बैठकले प्रेस सेन्टर नेपाल मुसिकोटको साधारण सभा बैशाख पहिलो साता भित्र गरिसक्ने निर्णय गरेको छ । साथै नगर समितिले नगरमा क्रियाशिल पत्रकारहरुको क्षमता विकास गर्दै दिगो पत्रकारिताको विकास गर्न र पत्रकारिता पेशामा सक्रिय रुपमा काम गर्ने शिलशिलामा उत्पन्न जोखिम तथा संकट व्यवस्थापनमा राहत तथा उद्धार गर्नको लागि अक्षय कोषको स्थापना गर्ने पनि निर्णय भएको प्रेस सेन्टर नेपाल मुसिकोट नगर समिति अध्यक्ष दिपेन्द्र महताराले जानकारी दिनुभयो ।
उहाँका अनुसार संगठनको सदस्यता वितरण तथा नवीकरणलाई पनि प्राथामिकताका साथ अगाडि बढाउने निर्णय भएको छ ।
प्रेस सेन्टर नेपाल मुसिकोट नगर समिति अध्यक्ष दिपेन्द्र महताराको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक गोविन्द रोका सचिनको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्र मुसिकोट नगर समिति अध्यक्ष दल बहादुर खड्का, माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य भानु मल्ल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मेगराज खड्का लगायत प्रेस सेन्टर नेपाल मुसिकोट नगर समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।