अटो दुर्घटनामा ६ जना घाइते
64x64
२०७९ चैत्र १२ आइतबार प्रेसपालिका संवाददाता
304 Views

रुकुम पश्चिम १२, चैत ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५, सेरीगाउँमा आज दिउँसो भएको अटो रिक्सा दुर्घटनामा ६ जना घाइते भएका छन् । खलंगा बजारबाट छिवाङ्ग चौतारा जाँदै गरेको रा १ ह ७१९९ नम्वरको अटो रिक्सा दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका हुन् ।

दुर्घटनामा मुसिकोट नगरपालिका -१४, का ३१, वर्षीय अटो चालक रोशन बिष्ट सहित ६ जना घाईते भएको नगर प्रहरी सहायक निरीक्षक उमेश केसीको भनाइ छ ।

दुर्घटनामा मुसिकोट नगरपालिका -३, का वडा सदस्य ३२ वर्षीया खिमा खड्का, मुसिकोट -१४, का ३१ वर्षीय बिर्खबहादुर बिष्ट, सोही वडाका १४ वर्षीय सरिता ओली विष्ट, सानीभेरी गाउँपालिका -९, का २३ वर्षीय रनबहादुर विष्ट र उहाँको ६ वर्षीया छाेरी सपना बिष्ट घाईते भएका छन् ।

घाईते मध्य चालक रोशन बिष्टको अवस्था गम्भिर रहेको बताईएको छ । घाईते सबैलाई उपचारको लागि स्वास्थ्य सेवा कार्यालय सल्लेमा लगिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News