जिल्लाका ६ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
64x64
२०७९ चैत्र ०५ आइतबार प्रेसपालिका संवाददाता
396 Views

रुकुम पश्चिम ५, चैत ।
रुकुम पश्चिममा सन्चालित ८ वटा क्याम्पस मध्ये ६ क्याम्पसमा अखिल क्रान्तिकारीका ऊम्मेद्वार स्ववियू सभापतिमा विजय भयका छन् । अखिल क्रान्तिकारीले ४ क्याम्पसमा निर्विरोध तथा २ वटा क्याम्पसमा निर्वाचन मार्फत जित हात पारेको हो ।

जिल्लाका ३ वटा क्याम्पसमा आज सम्पन्न स्ववियू निर्वाचनमा जहारी क्याम्पस खोलागाउँमा अखिल क्रान्तिकारीको तर्फबाट भरत बिकको प्यानल विजय भएको छ । त्यस्तै राडिज्युला शिक्षा क्याम्पस आठबिसकोटमा दिपक केसीको प्यानल बिजय भएको छ ।

यता रुकुमेली क्याम्पस मुसिकोटको सभापतिमा भने नेविसंघका अनिषेश केसी विजयी भएका छन् ।जिल्ला स्थित सितल क्याम्पस चौरजहारीमा निराजन केसी, स्यार्पु बहुमुखी क्याम्पस बाँफिकोटमा किरण बिक, सिम्रुतु क्याम्पस त्रिवेणीमा निर्मला बुढाथोकी, सानीभेरी क्याम्पस सानीभेरीमा विरभान भण्डारी यस अघिनै अखिल क्रान्तिकारीको तर्फबाट निर्विरोध निर्वाचित भएका छन् ।

मुसिकोट स्थित मुसिकोट बहुमुखि क्याम्पसमा भने निर्वाचन स्थगित भयको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News