रुकुम पश्चिम ५, चैत ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -४, सोलाबाङमा चैते धान उत्पादन प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कृषि बिकास कार्यालय रुकुम पश्चिमको आयोजनामा शनिबार चैते धान रोपाई कार्यक्रम सम्पन्न भएको हो ।
चैते धान उत्पादन प्रदर्शनी कायक्रम अन्तर्गत हर्दिनाथ १ धानको जात लगाइएको छ । बर्षे धान भन्दा चैते धानको उत्पादन धेरै हुने भएकाले धान उत्पादनमा वृद्धि र आत्मनिर्भर बनाउनका साथै चैते धानमा कृषकलाई आकर्षण गर्न रुकुम पश्चिममा चैते धान उत्पादन प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको कृषि बिकास कार्यालय रुकुम पश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिनुभयो ।
कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धान सम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको हो । २०७४ सालमा नार्कले चैतमा किसानलाई समुद्र सतहदेखि ७ सय ५० मिटरसम्म चैते–५ जातको धान लगाउन सिफारिस गरेको थियो ।
रुकुम पश्चिममा पनि चैते धान खेती प्रविधिलाई अझै बढाउदै लैजाने कृषि बिकास कार्यालयको योजना रहेको र आगामी बर्ष जिल्लाका विभिन्न खोच तथा बेसीहरुमा चैते धान लगाउने र चैते धान तर्फ कृर्षकलाई आकर्षित गराउने योजना रहेको कृषि बिकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मीन बहादुर केसीले जानकारी दिनुभयो ।
उक्त प्रदर्शनी कार्यक्रममा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, सुर्खेतका योजना महाशाखा प्रमुख राजु भुज, कृषि अधिकृत रामभक्त अधिकारी, मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्का, कृषि बिकास कार्यालय रुकुम पश्चिमका नि. प्रमुख मीन बहादुर के. सी, प्राविधिक सहायक महेश चन्द, नायब प्राबिधिक सहायक बिजया शर्मा लगायत कृषकहरुको उपस्थिति रेहेको थियो ।