निशुल्क स्वास्थ्य शिविर सम्पन्न
64x64
२०७९ चैत्र ०१ बुधबार प्रेसपालिका संवाददाता
128 Views

इतिहास परियार
रुकुम पश्चिम १, चैत ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडानम्बर -१,२ र ३ मा महिलाहरुका निम्ति २ दिने प्रजनन रुग्नता निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आठबिसकोट नगरपालिकाको आयोजना, शान्ति नेपाल र नगरपालिकाको सयुक्त लगानीमा शिविर सम्पन्न भएको हो ।

शिविरबाट आठबिसकोट नगरपालिका वडानम्बर -१,२,र ३ का ४ सय ३० जना महिलाहरुल सेवा लिएका छन् । जसमध्ये २ सय १० जनाको भि आई ए जाँच, ७ जना रिङ्ग पेसरी सेवा, १ सय १० जना अल्ट्रासाउण्ड सम्बन्धी चेकजाँच तथा उपचार भएको छ ।

त्यस्तै शिविरमा १० जना पाठेघरको क्यानसर, ३ जनाको चौथो डिग्री आङ खसेका समस्या भएका महिलाहरु भेटिएका छन् । क्यानसर र आङ खसेका बिरामीहरुको नगरपालिकाले निशुल्क अप्रेशन गरिदिने बताएको छ ।

शिविरमा स्त्रीरोग रोग विशेषज्ञ डा. केहल बिक्रम जिसी, डा. राज कुमार भुजेल, डा.नितेश महत्तो, वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक हृदयकली पौडेल, डा.संयमचन्द्र घिमिरे लगायत आठविसकोट नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुले सेवा दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News