रुकुम पश्चिम २४, फागुन ।
रुकुम पश्चिमममा पनि विभिन्न कार्यक्रम गरि १ सय १३औं अन्तराष्ट्रिय नारी दिवस मनाईएको छ । जिल्लाका विभिन्न पालिकामा कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो ।
यसै क्रममा मुसिकोट नगरपालिकाले पनि विभिन्न कार्यक्रमको आयोजना गरी १ सय १३औं नारी दिवस मनाएको छ । नगरपालिकाले सहजताका आधारमा नगरका ४ ठाउँमा कार्यक्रमको आयोजना गरेको हो । वडानम्बर -१,२,३,र ५ को खंलगाको बालमन्दिर, वडानम्बर -६,७,८,९ र १० को झुल्खेत र वडानम्बर -४,११,र १२ को सोलाबाङमा र १३ र १४ नम्बर वडाको चौतारामा कार्यक्रम आयोजना गरि दिवस मनाएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा मुसिकोट नगरपालिकाले जनाएको छ ।
दिवसको अवसरमा प्रत्येक वडाबाट १ जना श्रमिक महिला लाई नगद १ हजार सहित प्रमाण पत्रले सम्मान गरिएको छ । त्यसका साथै दिवसको अवसरमा लैगिंक हिसा न्यूनीकरण सम्बन्धी लोकगीत प्रतियोगिताको पनि आयोजना गरिएको थियो । त्यस्तै र्यालीमा सहभागि हुने महिला समूहलाई पनि सम्मान गरिएको मुसिकोट नगरपालिकाले जानकारी दिएको छ ।
लोकगीत प्रतियोगितामा स्थान हासिल गर्ने समूह तथा व्यक्तिलाई क्रमश २ हजार, १५ सय, १ हजार र ५ सय रुपैया पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले बताएको छ ।