सडक बन्द हुने
64x64
२०७९ फाल्गुण २३ मंगलबार प्रेसपालिका संवाददाता
249 Views

रुकुम पश्चिम २३, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित त्रिवेणी चोक देखि जिल्ला प्रशासन कार्यालय जोड्ने सडक खण्ड बन्द हुने भएको छ । सडक खण्ड अन्तर्गत कालिका मन्दिर नजिकको सडक मर्मत गर्नुपर्ने भएकाले आवत जावत बन्द हुने भएको हो ।

आज जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निकालेको सूचना अनुसार यहि फागुन २४ गते देखि फागुन ३० गते सम्म उक्त सडक खण्डमा सवारी आवतजावत बन्द गरिएको छ ।

मुसिकोट नगरपालिकाको फागुन १४ गतेको पत्रअनुसार त्रिवेणी चोक देखि जिल्ला प्रशासन कार्यालय जोड्ने सडक खण्ड अन्तर्गत कालिका मन्दिर नजिकको सडक खण्ड मर्मत गर्न लागिएकाले सो सडक खण्डमा सवारी आवतजावतमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम जिएमले जानकारी दिनुभएको छ  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News