रुकुम पश्चिम १८, फागुन ।
रुकुम पश्चिममा लघुबित्त कर्मचारी मञ्च गठन गरिएको छ । आज मुसिकोटमा भएको लघुवित्तमा कार्यरत कर्मचारीहरुको भेला बाट लघुबित्त कर्मचारी मञ्च गठन गरिएको हो ।
बिजय लघु बित्त बित्तिय संस्थाको कार्यालयमा भएको भेलाले स्वाबलम्बन लघुबित्त संस्थामा कार्यरत देब सिंह ठकुरीको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ ।
लघुबित्त संस्थामा आवद्ध कर्मचारीहरुको हकहित र सुरक्षाको लागि लघुबित्त कर्मचारी मञ्च गठन गरिएको मन्चका महासचिव गोविन्द थापाले जानकारी दिनुभयो ।
भेलामा वर्तमान अबस्थामा लघुबित्तको क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समाधान कसरी गर्ने, अराजक गतिबिधिहरुको कसरी सामना गर्ने, लघुबित्त बित्तीय संस्था प्रतिको नकारात्मक भ्रमलाइ कसरी चिर्ने भन्ने लगायतका बिषयमा पनि छलफल भएको थियो ।
भेलामा रुकुम पश्चिममा सन्चालित १० लघुवित्त संस्थाका ४० बढी कर्मचारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।
Thank u