रुकुम पश्चिम १७, फागुन।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सञ्चालित मासु पसलहरु मापदण्ड विपरीत भएको पाईएको छ । मुसिकोट नगरपालिका पशू सेवा रुकुम पश्चिमले गरेको अनुगमनका क्रममा यस्तो पाईएको हो ।
स्वच्छ सफा र गुणस्तरयुक्त मासु उत्पादन गर्न प्रोत्साहन गरी उपभोक्तामाझ गुणस्तरीय मासु उपलब्ध गराउनुका साथै मानव तथा पशू स्वास्थ्यमा संक्रमण हुन सक्ने जुनोटिक रोगहरुको न्युनिकरण गर्नको लागि मासु पसलहरुको अनुगमन गरिएको मुसिकोट नगरपालिका पशू सेवा शाखा रुकुम पश्चिमका पशू प्राविधिक सहायक शिवराज महताराले जानकारी दिनुभयो ।
नगरका खलंगा, बागबजार, पातुखोला, सल्ले, सेरिगाँउ, पिपलनेटा, साँख, झुल्खेत, सोलाबाङ, छिङ, राउखेत, चौतारा र छिबांङ ज्यूुुुुुुुुुलामा सञ्चालित ६४ वटा मासु पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा व्यवसायिले साघुरो ठाँउमा व्यवसाय सञ्चालन गरेको, दररेटमा एकरुपता नभएको, अव्यवस्थित रुपमा राँगा भैसी काट्ने र बोरामा राखेर बेच्ने गरेको पाईएको छ । त्यस्तै मासु बाहिर बाटै काटेर ल्याईएको, कुखुरा बाहिर पालिका तथा अन्य जिल्लाका सप्लायर्स बाट ल्याउँदा नगरमा उत्पादित कुखुराको खपत कम भएको पनि पाइएको छ ।
दर्ता प्रमाण पत्र भएर पनि देखाउन नमानेको, डिजिटल तौल मेसिन, डि फ्रिज नभएको जस्ता समस्या अनुगमनका क्रममा देखिएको पशू प्राविधिक सहायक महताराले जानकारी दिनुभयो ।
व्यवसायीहरुलाई खरिद तथा बिक्री विल, मुल्यसुची, साईनबोर्ड र दर्ता प्रमाण पत्र प्रष्ट रुपमा राख्न तथा डिजिटल तौल मेसिन र डि फ्रिज अनिवार्य राख्नु पर्ने स्टिलनेस स्टिलका भाडावर्तनहरु प्रयोग गर्ने सुरक्षाका सामग्रीहरु प्रयोग गर्न लगायतका निर्देशन अनुगमनाका क्रममा दिइएको छ ।
त्यस्तै मासु व्यवसायीहरुले पनि गुणस्तरीय मासु उत्पादन र व्यवसाय संचालन सम्बन्धी तालिम दिनुपर्ने कोल्डचेनको लागि सामग्री, एकीकृत मासु पसल सञ्चालन हुनुपर्ने बाहिरबाट आउने कटिङ मासु तथा कुखुरामा निगरानी तथा नियमित अनुगमन गर्नु पर्ने जस्ता माग राखेको पशू प्राविधिक सहायक महताराले जानकारी दिनुभयो ।