वक्तृत्वकला र एकल नृत्य प्रतियोगीता सम्पन्न
64x64
२०७९ फाल्गुण १६ मंगलबार प्रेसपालिका संवाददाता
191 Views

रुकुम पश्चिम १६, फागुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) मुसिकोट नगर समिति द्धारा सहिद सप्ताहको अवसरमा आयोजित वक्तृत्वकला र एकल नृत्य प्रतियोगीता सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडानम्बर -५, को सभाहल सेरी गाउँमा भएको प्रतियोगिता सम्पन्न भएको हो ।

एकल नृत्य प्रतियोगितामा बिजयश्वरी बोर्डिङ  स्कुलकी सोनिया देवकोटा प्रथम हुनुभएको छ । त्यस्तै सिस्ने एकेडेमी सोलाबाङकी पुर्णिमा पाण्डे दोस्रो र ज्ञ्यानोदय मावि लहुँकी पुस्तिका चन्द तेस्रो हुनुभएको छ । यमुना नन्द नमुना मावि की रेश्मा ओली भने सात्वना भएको अखिल क्रान्तिकारी मुसिकोट नगर समिति अध्यक्ष दुर्गा प्रसाद बिकले जानकारी दिनुभयो ।

त्यस्तै जनयुद्ध र त्यसको उपलब्धि बिषयक सञ्चालन भएको वक्तृत्वकला प्रतियोगितामा न्युमूनलाईट बोर्डिङ स्कुलका सञ्जय रोकाय प्रथम हुनुभएको छ । विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुलका अस्मिता केसी दोस्रो र विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुलकै पुर्णिमा ओली तेस्रो तथा सिस्ने एकेडमीका गणेश हिताङगी सात्वना भएको अध्यक्ष बिकले जानकारी दिनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिका भित्रका ३ निजि तथा १० सामुदायिक विद्यालयका विद्यार्थीको उपस्थिति रहेको आयोजकले बताएको छ ।

अखिल क्रान्तिकारी मुसिकोट नगर समिति अध्यक्ष दुर्गा प्रसाद बिकको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज शुसिल बिस्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष नारायण केसी, माओवादी केन्द्र प्रदेश समिति सदस्य श्रीकुमार कठायत, मुसिकोट नगर समिति अध्यक्ष दल बहादुर खड्का, नगर समिति सदस्य बिनोदराज ओली लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अखिल क्रान्तिकारी मुसिकोट नगर समिति उपाध्यक्ष विनोद शेपार्लीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव अन्जना खत्रीले गनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News