विपद व्यवस्थापन समिति गठन
64x64
२०७९ फाल्गुण १५ सोमबार प्रेसपालिका संवाददाता
285 Views

रुकुम पश्चिम -१५, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -५, ले वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरेको छ । आज वडामा भएको भेलाले ५ नम्बर वडा अध्यक्ष समिर जंग मल्लको संयोजकत्वमा २१ सदस्यीय वडा विपद व्यवस्थापन समिति गठन गरेको होे ।

वडामा भैपरी आउने प्राकृतिक तथा मौसमजन्य मानविय तथा प्राकृतिक विपद न्युनिकरण गर्न, विभिन्न निकाय संग समन्वय गर्न लगायत वडामा आउने विपद व्यवस्थापन गर्न योजना निमार्ण गर्नको लागि वडा स्तरीय  विपद व्यवस्थापन समिति निमार्ण गरिएको वडा स्तरीय विपद व्यवस्थापन समितिका सदस्य सचिव तथा ५ नम्बर वडा सचिव चाँदनी महताराले जानकारी दिनुभयो ।

साथै वडा अध्यक्ष समिर जंग मल्लको संयोजकत्वमा ५ सदस्यीय वडा स्तरीय शिक्षा समिति पनि गठन गरिएको छ । शिक्षा नियमावली २०७४ को अधिनमा रहि वडा भित्र संञ्चालनमा रहेका निजि तथा सरकारी विद्यालयका शैक्षिक,भौतिक गुणस्तर कायम गर्नको लागि वडा स्तरीय शिक्षा समिति गठन गरिएको बताएको छ ।

भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक बुद्धिजीवी, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News