रुकुम पश्चिम ७, फागुन ।
रुकुम पश्चिममा ७३ औं प्रजातन्त्र दिवसको अवसरमा डिग्रे साइकुमारी मन्दिर परिसरमा आज सरसफाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्थित सुरक्षा निकायको सहभागितामा मन्दिर परिसरमा सरसफाइ गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको उपस्तिथिमा मन्दिरको चारैतर्फ सरसफाइ गरिएको छ । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक स्थल डिग्रे साइकुमारी मन्दिरमा दिनहुँ पूजापाठ हुने भएकाले फोहोर व्यवस्थापन गर्न दिवसको अवसरमा सरसफाइ आयोजना गरिएको प्रजिअ पन्तले बताउनुभएको छ ।
त्यस्तै जिल्लाका सबै सरकारी कार्यालय परिसर र ६ वटै पालिकमा पनि सरसफाइ कार्यकमको आयोजना तथा दीप प्रज्वलन गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ ।