एक जनाको कैद मिनाहा
64x64
२०७९ फाल्गुण ०७ आइतबार प्रेसपालिका संवाददाता
430 Views

रुकुम पश्चिम ७, फागुन ।
रुकुम पश्चिममा ७३ औं प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागारबाट एक जना कैदीको कैद मिनाह भएको छ । ज्यान मार्ने उद्योगमा कैद सजाय भुक्तान गरिरहेका मुसिकोट नगरपालिका -११, का लुद्र बहादुर पुनको बाँकी सजाय मिनाहा भएपछि कारागार मुक्त भएका हुन् ।

५ वर्षको जेल सजाय फैसला भएकामा उनले २ वर्ष ६ महिना जेल सजाय भुक्तान गरिसकेकोले प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट बाँकी सजाय मिनाहा भएको जिल्ला कारागारका जेलर अकविर घर्तीले जानकारी दिनुभयो । उनि आजै कारागार मुक्त भएका छन् । जिल्लाबाट मापदण्ड अनुसार कैद मिनाहाका लागि उनलाई मात्र सिफारिस गरिएको जेलर घर्तीले बताउनुभयो ।

५० प्रतिशत सजाय भुक्तान गरेका र असल चाल-चलन भएका कैदीहरुलाई विभिन्न समयमा राष्ट्रपतिबाट माफि दिने चलन रहेको छ । जिल्ला कारागारमा अव १ सय २९ जना कैदी बन्दी रहेका छन् । जसमा पुरुष १ सय २० र महिला ९ जना रहेको जेलर घर्तीको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News