रुकुम पश्चिम ४, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आवधिक योजना तर्जुमा सम्बन्धी पूर्व कार्यशाला गोष्ठी सुरु भएकोे छ । मुसिकोट नगरपालिकाको आयोजना र हेड लाईट प्रालि काठमाण्डौको सहजिकरणमा दुई दिने कार्याशाला गोष्ठि सुरु भएको हो ।
कार्यशाला गोष्ठीमा आवधिक योजना बनाउने प्रक्रिया, योजना निर्माणका सूचक, आर्थिक, वन तथा बातावरण, सुशासन र व्यवस्थापन, भौतिक पूर्वधार तथा निर्माण र सामाजिक विकासका सूचक निर्धारण र निर्माण गरिनुका साथै योजनाको कार्यान्वनका सम्भावना, अवसर तथा समस्याहरु समेत निर्माण गरिने छ ।
कार्यशाला गोष्ठीको सहजीकरण नेपाल सरकारका पूर्व सहसचिव रमेशकुमार अधिकारी र समाजशास्त्री कर्णबहादुर नेपालीले गरिरहनु भएको छ ।
नगरप्रमुख महेन्द्र केसीको अध्यक्षतामा सञ्चालन भएको कार्यशाला गोष्ठीमा कर्णाली प्रदेश सभा सांसद मिलन खड्काको प्रमुख आतिथ्यता रहेको छ । नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख, शिक्षक, स्थानीय नागरिक सहित पत्रकारको सहभागिता रहेको गोष्ठीको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले गर्नुभएको छ ।