सुनौला हजार दिने आमालाई कुखुरा वितरण
64x64
२०७९ फाल्गुण ०३ बुधबार प्रेसपालिका संवाददाता
284 Views

रुकुम पश्चिम ३, फागुन ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सुनौला हजार दिने आमाहरुलाई कुखुरा वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना अन्तरगत नगरपालिकाको १, २, ३, ४ र ८ नम्बर वडाका गरिब, बिपन्न र दलित परिवारका सुनौला हजार दिने आमाहरुका लागि कुखुरा वितरण गरिएको हो ।

आमा र बच्चाको पोषणमा सहयोग पुर्याउने  उदेश्यले ५ वडाका १  सय ५९ बढी आमाहरुलाई कुखुरा वितरण गरिएको चौरजहारी नगरपालिका पोषण सहजकर्ता ज्ञानु गौतमले जानकारी दिनुभयो ।

संघीय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजनाको २ लाख ६५ हजार विनियोजित रकमबाट कुखुरा खरिद गरि  सुनौला हजार दिने आमाहरुलाई कुखुरा वितरण गरीएको छ । कुखुरा पाएपछि हजारदिने आमाहरुले खुसी व्यक्त गरेका छन् ।

बहुक्षेत्रीय पोषण योजनाले नगरमा हजार दिने आमाहरुलाई पोषण सामाग्री लगायत जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण  कार्यक्रमहरु गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News