कर्णाली सरकारको पहिलो प्राथमिकता गरिबी अन्त्य : मुख्यमन्त्री शर्मा
64x64
२०७९ फाल्गुण ०२ मंगलबार प्रेसपालिका संवाददाता
322 Views

रुकुम पश्चिम २, फागुण ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली सरकारको पहिलो प्राथमिकता गरिबी अन्त्य गर्नु रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आज मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै समृद्ध कर्णालीका लागि गरिबी विरुद्ध लड्नु पहिलो प्राथमिकता रहेको बताउनुभएको हो ।

जल, जमिन, जडिबुटी र प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै कर्णालीलाई गरिबीबाट मुक्त गरिने सरकारको योजना रहेको शर्माको भनाइ छ । सरकारले प्रस्तुत गर्ने आगामी नीति तथा कार्यक्रममा कर्णालीको विकास र आर्थिक समृद्धिको आधार तयार गरिने उहाँले बताउनुभएको छ ।

राजनीतिक तथा प्रशासनिक हिसाबले समेत पछाडि पारिएको कर्णालीमा पुर्वाधार निर्माण सहित शिक्षा र स्वास्थ्य अबको आवश्यकता रहेको उहाँको भनाइ छ । त्यस्तै मझौला देखि ठूला उद्योगको विस्तार तथा जमिनको भरपुर उपयोग मार्फत उत्पादनमुखी कृषिलाई व्यवसायिकतामा बदल्न सरकार केन्द्रित रहने मुख्यमन्त्री शर्माले बताउनुभएको छ ।

कर्णालीको विकटतालाई निकटतामा ल्याउने गरि ग्रामीण सडक सङ्गै भेरी तथा कर्णाली करिडोर र राप्ती लोकमार्गलाई पनि व्यवस्थित गरिने उहाँको भनाइ छ । त्यस्तै समग्र कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार गर्न मेडिकल कलेज सञ्चालन गरिने र शिक्षालाई उत्पादन तथा श्रम सङ्ग जोड्ने योजना रहेको मुख्यमन्त्री शर्माले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News