रुकुम पश्चिम १, फागुन । मुसिकोट नगरपालिका वडानम्बर -१३, ले जनयुद्धका शहिद परिवार तथा घाईते योद्धालाई सम्मान गरेको छ । वडाले २८ औ जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।
नगरका १३ र १४ नम्बर वडाका १२ जना सहिद परिवार तथा एक जना जनयुद्धका घाइते योद्धालाई सम्मान गरिएकाे १३ नम्बर वडा अध्यक्ष खल बहादुर खड्काले जानकारी दिनुभयो ।
१ ओटा कासकाे थाली १ ओटा कटाैराका साथै खादा माला र दाेसल्ला ओडाएर सहिद परिवार लाई सम्मान गरिएको छ । साथै आगामी दिनमा पनि शहिद परिवार सम्मान लगायतका कार्यक्रम लाई निरन्तरता दिने प्रतिबद्धता समेत गरिएको अध्यक्ष खड्काको भनाइ छ ।
कार्यक्रममा कर्णाली प्रदेश सांसद मिलन खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै निवर्तमान वडा अध्यक्ष दिपक केसी राजनीतिक दलका प्रतिनिधि लगायत वडाबासीकाे उपस्थिति रहेको थियो ।