रुकुम पश्चिम १, फागुन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जनयुद्ध र जनआन्दोलनको जगबाट प्राप्त गरिएका उपलब्धिलाई संरक्षण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । आज सानीभेरी गाउँपालिकाद्धारा आयोजित पाचौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन प्रतियोगितामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
विभिन्न कालखण्डमा परिर्वतनका लागि बिद्रोह भएपनि बास्तविक जनताले चाहे जस्तो परिवर्तन हुन नसकेको बताउदै मुख्यमन्त्री शर्माले यि बिद्रोहको सारमा नै जनयुद्ध सुरु भएको बताउनुभयो । जनयुद्ध कुनै पार्टी, व्यक्ति विषेश भन्दा पनि संघियता र गणतन्त्रको पक्ष तथा राजतन्त्रको विपक्षमा भएको बताउनुभयो ।
त्यस्तै समाजिक न्याय र समाजवादको अभ्यास गर्न सबै मैदानमा आउने बेला भएको शर्माको भनाइ थियो । अब्बल नीति योजना र कार्यक्रम अघि सारेर त्यसलाई व्यवहारमा सिद्ध गर्दै अघि बढ्नुपर्ने बेला भएकाले प्रतिक्रियाको राजनीति नगर्न र त्यसले कुनै अर्थ नराख्ने भन्दै शर्माले जनताका र राष्ट्रका आवश्यकता परिपूर्ति गर्न प्रतिस्पर्धाका रुपमा अगाडि बढ्न सबैलाई आह्वान गर्नुभयो ।