रुकुम पश्चिम २९, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ बागबजारमा मोटरसाइकल दुर्घटना हुँदा १ जना घाईते भएका छन् ।
रा ६ प ९०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।दुर्घटनामा बाँफिकोट गाउँपालिका -५, निवासी १४ वर्षीया सुप्रिया देवकोटा घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाईते देवकोटाको दाईने खट्टा भाचिएको र देब्रे खुट्टामा सामान्य चोट लागेको छ । घाईते देवकोटालाई जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिममा सामान्य उपचार पछि नेपालगन्ज रिफर गरिएको छ ।
मोटरसाइकल चालक मुसिकोट नगरपालिका -५, बागबजारका १७ बर्षिय गोपाल ददेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
