रुकुम पश्चिम २५, माघ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित रेडियो मौराखारा एफ. एम. तेस्रो बर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । सानीभेरी सामुदायिक विकास केन्द्रद्वारा संचालित रेडियो आज तेस्रो वर्ष पूरा गर्दै चौथो वर्षमा प्रवेश गरेको हो ।
वार्षिक उत्सवको अवसरमा रेडियो मौराखाराका स्टेशन म्यानेजर नारायण ओलीले एक विज्ञप्ति जारी गर्दै आम श्रोता, स्थानीय सरकार, विज्ञापनदाता, सहयोगी संघ संस्था, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी शभेच्छुक तथा शुभचिन्तकमा शुभकामना व्यक्त गर्नुभएको छ ।
२०७६ साल माघ २५ गते प्रशारणमा आएर फाल्गुन २ गते प्रतिनिधि सभाका सांसद तथा सरकारका पूर्व अर्थमन्त्री माननीय जनार्दन शर्माबाट विधिवत रुपमा उद्घाटन भई प्रशारण सुरु गरेको थियो । रेडियो मौराखाराले हालसम्म सूचना, मनोरञ्जन, विकास र विचार प्रवाहको माध्यमबाट आम श्रोताको महत्वपूर्ण माध्यम बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै उत्सवको अवसरमा रेडियोले शुभकामना आदान-प्रदान कार्यक्रम पनि सम्पन्न गरेको छ । कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्ट उपाध्यक्ष कमला रोका, विभिन्न वडाका अध्यक्षहरु, पार्टी प्रतिनिधि, जिल्ला स्थित पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
रेडियो मौराखाराका अध्यक्ष राम बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन स्टेशन म्यानेजर नारायण ओलीले गर्नुभएको थियो ।
