आमा समूहलाई सम्मान
64x64
२०७९ माघ २४ मंगलबार प्रेसपालिका संवाददाता
273 Views

रुकुम पश्चिम २४, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -१२, ले वडाका आमा समूहलाई सम्मान सहित कुर्सी वितरण गरेको छ । वडाका ४ वटा टोलका आमा समूहलाई ८/८ वटाका दरले कुर्सी वितरण गरेको हो ।

आमा समूहको बैठक बस्न सहज होस भन्ने हेतुले कुर्सी वितरण गरिएको वडा अध्यक्ष धिरेन सिर्पालीले जानकारी दिनुभयो । वडाका खारकोट टोल आमा समूह, जुम्लावाङ टोल आमा समूह, जमारु टोल आमा समूह र नयाँगाउ टोल आमा समूहलाई सम्मान सहित कुर्सी वितरण गरिएको छ ।

वडा कार्यालयको आर्थिक वर्ष ०७९/८० को आमा समुह व्यवस्थापन कार्यक्रम अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरिएको वडा अध्यक्ष सिर्पालीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News