बीउ उत्पादनमा घटबढ
64x64
२०७९ माघ २४ मंगलबार प्रेसपालिका संवाददाता
188 Views

रुकुम पश्चिम २४, माघ ।

रुकुम पश्चिममा रहेको तरकारी बीउ उत्पादन केन्द्र चाँपामा विगत १० वर्ष देखि बीउ उत्पादनमा घटबढ हुँदै आएको छ ।

तरकारीको मूल र उन्नत बीउ उत्पादन हुने केन्द्रमा जलवायु परिवर्तन लगायत अन्य विविध कारणले बीउ उत्पादनमा घटबढ हुने गरेको छ ।

केन्द्रका निमित्त प्रमुख रावेन्द्र प्रताप यादवले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष ०७८/७९ को अन्तरालमा  उन्नत बीउ भन्दा मूल बीउमा बढी घटबढ भएको बताउनुभएको छ । तरकारी बीउ अन्तर्गत तरकारीको मूल बीउ पछिल्लो दुई आर्थिक वर्षमा दोब्बरले घटेको छ । वार्षिक १७ सय सम्म किलोग्राम मूल बीउ उत्पादन हुने केन्द्रमा दुई आर्थिक वर्षमा दोब्बरले बीउ घटेको हो । तर उन्नत बीउ उत्पादनमा भने सामान्य घटबढ मात्रै भएको निमित्त प्रमुख यादवको भनाइ छ ।

जलवायु परिवर्तन, तरकारीमा लाग्ने रोग, किरा र प्रयाप्त सिचाइ अभावले पनि तरकारी बीउ उत्पादनमा घटबढको समस्या देखिएको केन्द्रले बताएको छ । ८० रोपनी खेतीयोग्य जमिनमा उत्पादन हुने केन्द्रको मूल तथा उन्नत तरकारी बीउ जिल्लाका कृषि सहाकारी लगायत बाहिरी जिल्लामा निर्यात हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News