सल्ले-गिलबाङ सडक बन्द हुने
64x64
२०७९ माघ २३ सोमबार प्रेसपालिका संवाददाता
252 Views

रुकुम पश्चिम २३, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित सल्ले गिलबाङ सडकखण्ड बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

मुसिकोट नगरपालिका -१, को सल्ले  गिलवाङ सडकखण्ड अन्तर्गत सल्ले प्रहरी चौकी देखि ६० मिटर अगाडिको दुरिको सडक सोलिङ र पिसिसि गर्नुपर्ने भएकाले सवारी साधन आवतजावतमा रोक लगाईएको प्रशासनद्धारा जारी सूचनामा जनाईएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जि.एम.का अनुसार मुसिकोट नगरपालिका -१, मा निर्माणाधिन सिटि बसपार्क सडक निमार्णका लागि सडक सोलिङ र पिसिसि गर्नु पर्ने भएकाले उक्त सडक खण्डमा सवारीसाधन रोक लगाइएको छ । जस अन्तर्गत यहि माघ २४ गते देखि फागुन १० गते सम्म १६ दिन सडकखण्डमा सवारी साधन आवतजावतमा रोक लगाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News