ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
64x64
२०७९ माघ १८ बुधबार प्रेसपालिका संवाददाता
315 Views

रुकुम पश्चिम १२, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -१४ छिवाङ डुडे बगरमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन भने एक जनाको मृत्यु भएको हो ।

ना ६ त ७७१३ नम्बरको ट्याक्टर जिल्लाको मुसिकोट नगरपालिका ४ को सोलाबाङबाट सानीभेरी गाउँपालिकाको सिम्ली तर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

ट्याक्टर दुर्घटनामा सहचालक भेरी नगरपालिका १ जाजरकोटका अन्दाजी ३४ वर्षिया हरि बहादुर विक को उपचारको लागि जिल्ला अस्पताल सल्लेमा लिएको बेला उहाँलाई मृर्त घोषणा गरिएको थियो । भने चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षिय मनबहादुर विक घाईते हुनुभएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयोे । घाईतेको स्वास्थ्य अवस्था गम्भिर रहेको र  थप उपचारको लागी नेपालगन्ज पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News