मुटुरोगीलाई अमेरिकाबाट सहयोग
64x64
२०७९ माघ १८ बुधबार प्रेसपालिका संवाददाता
491 Views

रुकुम पश्चिम १८, माघ ।
रुकुम पश्चिमको बाफिकोट गाँउपालिका वडानम्बर -३, का मुटुरोगी कृष्णे कामीलाई अमेरिकामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । अमेरिकामा रहेका वडानम्बर -३, का स्यानी दहका चिन्ताराम ओली, धर्मराज ओली र अभिराज ओलीको नेतृत्वमा  सहयोग रकम संकलन गरी सहयोग गरेको अभियानकर्ता अभिराज ओलीले बताए ।

मुटु रोगी कृष्णे कामीको काठमाडौको गंगालाल हस्पिटलमा उपचार भैरहेको छ । आर्थिक अवस्था कमजोर कामीको उपचार गर्ने पैसा नभएपछि अमेरिकामा बस्ने नेपालीले सहयोग रकम जुटाएर सहयोग गरेका हुन्  ।

कामीको उपचारको लागि ३ लाख १२ हजार १ सय ८० रुपैया सहयोग भएको छ । अमेरिकामा बस्ने ४२ जना नेपालीहरुले उक्त रकम सहयोग गरेका हुन् । कामीको भएको सबै सम्पति उपचार खर्चमै सकिएको र उनको अहिले सम्पतिको नाममा १ वटा मात्र घर रहेको छ ।

एक कार्यक्रमका बीच वडा कार्यालयमा उक्त रकम कृष्णे कामीलाई हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष तिलबिर केसीले उक्त रकम कामीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष केसी, वडा सदस्य देबराज उपाध्याय समाजसेबी लालबहादुर ओली लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |