विकास निर्माणका गतिविधिमा समन्वय गरिने : प्रजिअ पन्त
64x64
२०७९ माघ १७ मंगलबार प्रेसपालिका संवाददाता
377 Views

रुकुम पश्चिम १७, माघ ।
रुकुम पश्चिममा भर्खरै मात्र सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निमार्णका गतिविधिमा समन्वयात्मक रुपमा अगाडि बढ्ने बताउनुभएको छ । आज जिल्ला स्थित पत्रकारहरु संग कुरा गर्दै प्रजिअ पन्तले यस्तो बताउनु भएको हो ।

विकास निर्माण र समाज रुपान्तरणमा मिडिया र पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भन्दै पन्तले सहि र तथ्य सूचना सम्प्रेषणका लागि आफ्नो सदैव सहयोग रहने बताउनुभएको छ । साथै जिल्ला प्रशासन कार्यालयले यस अघि सञ्चालन गरेको सकारात्मक कार्यहरुलाई पनि संग-संगै अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जिएम, जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News