पापिनी मेला सम्पन्न
64x64
२०७९ माघ १६ सोमबार प्रेसपालिका संवाददाता
731 Views

रुकुम पश्चिम १६, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७, सााँखमा परम्परागत रुपमा लाग्दै आएको पापिनी मेला सम्पन्न भएको छ । माघ १ गते देखी सुभारम्भ हुने मेला आज सम्पन्न भएको हो ।

किंवदन्ती अनुसार गाउँमा कल्सुरो नामको राक्षसको कारणले गाउँमा बिपत्ति भएको र राक्षसले रसरङ्ग खोजेकाले साँख दहमा मेला लगाई केटीकेटी बिच बिहे गरी सिमलनाथको पुजाअर्चना गरेपछि बिपत्ति  हटेको भन्ने परम्परा रहेकाले हरेक बर्षको माघ १६ गते पापिनी मेला लाग्दै आएको स्थानीय पूर्णबहादुर बुढाले जानकारी दिनुभयो ।पापिनी मेला सम्पन्न - प्रेस पालिका

माघ १ गते दिनभरी स्थानीय किशोर किशोरी बीच सिस्नो खेल्ने चलन रहेको छ । दिनभर सिस्नो खोलेर बेलुका देखि पापिनी मेलाको संस्कार सुरु हुने र साँख गाउँमा रहेको तल्लो र माथिल्लो गाउँमा माघ १ गतेदेखि १४ गतेसम्म आ-आफ्नै गाउँमा रातभर आगो बालेर नाचगान गर्दै थला बस्ने गरिने स्थानीय बुढाले जानकारी दिनुभयो ।

थला बसेका तलिगाउँ र माथिगाउँ बीच बर्षेनी पालैपालो दुलाहा र दुलही बनाईन्छ । १४ गते बेलुकी दुला पक्षका गाउँलेले दुलही माग्न आउने चलन रहेको छ । १४ गते मागिएकी दुलही १५ गते बेलुकी पन्चेबाजा सहित स्थानीय संस्कृतिको नाचगान सहित दुलही लिन जाने र दुलही लिएर फर्केपछि साँखदहको किनारामा पापिनी बिहे गर्ने परम्परा रहेको छ ।पापिनी मेला सम्पन्न - प्रेस पालिका

बिबाह सकिएपछि पापिनी नाच तथा सिमलनाथको पुजा अर्चना गरी रातभर रमाईलो गर्ने चलन रहेको छ । १६ गते मेला लाग्ने र मेलामा स्थानीय संस्कृति झल्कने विभिन्न झाकीहरु प्रस्तुत गरिन्छ ।

मेला सहित यस बर्ष पनि स्थानीय ठुलीदह युवाकल्बले विविध खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । मेला आज सकिए पनि खेलकुद प्रतियोगिता भने जारी रहेको ठुली दह युवा कल्बका अध्यक्ष दिपेन्द्र बुढा मगरले जानकारी दिनुभयो ।पापिनी मेला सम्पन्न - प्रेस पालिका

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kamal
Kamal
7 months ago

best of luck sankh

Flash News