गुरिल्ला म्याराथन हुने
64x64
२०७९ माघ १४ शनिबार प्रेसपालिका संवाददाता
356 Views

रुकुम पश्चिम १४, माघ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा फागुन १ गते जनयुद्ध दिवसको अवसरमा आयोजना हुँदै आएको मौराखारा गुरिल्ला म्याराथन यस बर्ष पनि सञ्चालन हुने भएको छ । पाँचौ संस्करणका रुपमा सञ्चालन हुने लागेको म्याराथन प्रतियोगिता सानीभेरी गाउँपालिकाको आयोजना र युवा खेलकुद विकास समिति सानीभेरीको सह–आयोजनामा सञ्चालन हुन लागेको हो ।

४६ किलोमिटर दुरी रहेको पुरुष म्याराथन र २१ किलोमीटर दुरीमा महिला गुरिल्ला म्याराथन सञ्चालन हुने युवा खेलकुद विकास समिति सानीभेरीका सदस्य सचिव बाल कुमार नकालले जानकारी दिनुभयो ।

४६ किलोमीटर दुरी रहेको पुरुष म्याराथनमा प्रथम हुने धावकले १ लाख पुरस्कार पाउने छन् । दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ४५ हजार र चौंथो हुनेले १५ हजार पुरस्कार पाउने छन् । त्यस्तै प्रतियोगिताको दशौं स्थानसम्म हासिल गर्ने प्रतियोगीले जनही ३ हजार पुरस्कार पाउने बताइएको छ ।

महिला तर्फ २१ किलोमीटर दुरीमा प्रथम हुने धावकले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र चौथो हुनेले १० हजार पाउने छन् । त्यस्तै दशौं स्थान हासिल गर्नेलाई जनही ३ हजार प्रदान गरिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News