बिक्री हुदैनन् महिला उद्यमीका सामग्री
64x64
२०७९ माघ ११ बुधबार प्रेसपालिका संवाददाता
310 Views

रुकुम पश्चिम ११, माघ ।
रुकुम पश्चिमका महिला उद्यमीले निर्माण गरेका अल्लो कपडा तथा उलन सामग्री बिक्रीमा समस्या भएको छ । स्थानीय बजारीकरणको अभाव सङ्गै बजारमा पाइने रेडीमेड कपडाका कारण स्थानीय उत्पादन तथा निर्माण सामग्री बिक्रीमा समस्या भएको हो ।

आयआर्जन तथा जनजीविका संचालनका लागि जिल्लाका विभिन्न स्थानमा रहेका उद्योगबाट निर्मित सामग्री ठप्प भएको महिला उद्यमी निराआका घर्ती मगरको भनाइ छ । पछिल्लो समय महिला उद्यमीले उत्पादन तथा निर्माण गर्ने सामग्रीको रोजाइ समेत कम हुँदै गएकाले आफुहरुको व्यवसाय धरापमा परेको उहाँले बताउनुभएको छ ।

रुकुम पश्चिम तथा रुकुम पूर्वको हिमाली भेगमा पाइने अल्लो र कच्चापदार्थबाट जिल्लाका महिला उद्यमी समूहले अल्लो कपडा तथा उलनका विभिन्न सामग्री उत्पादन गर्दै आएका छन् । अल्लोबाट कोट, बख्खु, पटुका तथा उलनबाट उलनसल, गल्बन्दी, टोपी, झोला, लगायतका सामग्री निर्माण हुने गरेका छन् ।

तर स्थानीय बजारीकरण र प्रचारप्रसारको अभावमा यहाँका महिला उद्यमीले निर्माण गर्ने सामग्रीले सोचेजस्तो बजार नपाउँदा उद्यमशील महिला निरास बन्दै गएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News