रुकुम पश्चिम ५, माघ ।
गत मंसिर २८ गते मृत्यु भएका भरतपुर महानगरपालिका -१४, चितवन निवासी ४३ वर्षीय बाबुराम भण्डारीको परिवारलाई कतारबाट सहयोग प्राप्त भएको छ । कतारमा बस्दै आउनुभएका रुकुम पश्चिम मुसिकोट नगरपालिका -६, झिजाका हरि बहादुर रावलको पहलमा भण्डारीको परिवारलाई ८१ हजार १ सय ६५ रुपैयाँ सहयोग प्राप्त भएको हो ।
लामो समय कतारमा बस्दै आउनुभएका भण्डारी घर फर्केको २ बर्षपछि गत मंसिर २८ गते बिरामी भएर निधन भएको थियो । मृतक भण्डारीका बाल बच्चा सानै भएको र परिवारमा अन्य आम्दानीको स्रोत केही नभएकाले बालबच्चाको पढाईमा थोरै भएपनि सहयोग होस भनेर सहयोग अभियान चलाइरहेको रावल बताउनुभयो ।
उहाँका श्रीमती, १ छोरा र १ छोरी रहेका छन् ।