नवनियुक्त मन्त्रीले लिए सपथ
64x64
२०७९ माघ ०३ मंगलबार प्रेसपालिका संवाददाता
191 Views

रुकुम पश्चिम ३, माघ ।
मन्त्रीमण्डल विस्तार भए सङ्गै आज नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन् । उनलेे उर्जा तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्  ।

यसैगरी संचार तथा सूचना प्रविधि मन्त्रीमा माओवादी नेतृ रेखा शर्मा नियुक्त भएकी छन्  ।

त्यस्तै माओबादी केन्द्रका अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

यसैगरी नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती पनि मन्त्रीमा नियुक्त भएका छन्  । पौडेलले परराष्ट्र र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधानले जिम्मेवारी पाएका छन् । राप्रपाका दीपक सिंह भने उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसैगरी, रास्वपाकी तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News