ज्यान गुमाएका यात्रुको सम्झनामा दीप प्रज्वलन
64x64
२०७९ माघ ०२ सोमबार प्रेसपालिका संवाददाता
256 Views

रुकुम पश्चिम २, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, खलंगामा दीप प्रज्वलन गरिएको छ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आज दीप प्रज्वलन गरिएको हो  ।

दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुको सम्झनामा दीप प्रज्वलन गर्दै दीवंगत प्रति श्रदाञ्जली अर्पण गरिएको छ  ।
रुकुम पश्चिम जिल्लास्थित बैंक तथा वित्तिय संस्थाहरुले मुसिकोट खलंगाको त्रिवेणी चोकमा दीप प्रज्वलन गर्दै मृतकप्रति श्रदाञ्जली व्यक्त गरेका हुन् ।

कार्यक्रममा ७२ वटा मैन बत्ती बालिएको थियो । साथै मृतकको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको छ । यो कार्यक्रममा जिल्लास्थित बैंक तथा वित्तिय संस्थाहरुमा कार्यरत व्यक्तिहरु, सुरक्षाकर्मी, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News