रुकुम उज्यालो : केन्द्रीय प्रसारणको पहुँच गाउँ-गाउँमा पुग्दै
64x64
२०७९ पुष २४ आइतबार प्रेसपालिका संवाददाता
1006 Views

रुकुम पश्चिम २३, पुस ।
रुकुममा केन्द्रीय प्रसारणको विद्युत सेवा बिस्तार भएको ६ वर्ष पुगेको छ । अहिले जिल्लाका सबै पालिका केन्द्रीय प्रसारणको पहुँचमा छन् । बत्ती नपुगेका गाउँमा हाल नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले केन्द्रीय प्रसारणको विद्युत सेवालाई तीब्र रुपमा बिस्तार गर्दै छ ।

रुकुममै ३ एम.भी.ए. क्षमताको विद्युत सबस्टेशन निर्माण पछि नियमित सन्चालनमा छ । यसबाट बत्ती नपुगेको गाउँमा विद्युत सेवा बिस्तार गर्न सहज भएको हो ।

वितरण केन्द्रले जिल्लाका सबै पालिकामा केन्द्रीय प्रसारणको विद्युत सेवा पुगिसकेको बताएको छ । तर हालसम्म बत्ती नपुगेको गाउँ–बस्तीका नागरिकलाई छिट्टै केन्द्रीय प्रसारणको पहुँचमा जोड्ने गरि विद्युत बिस्तारको कामलाई निरन्तरता दिएको छ ।

वितरण केन्द्रका प्रमुख शिवजी प्रसाद साहका अनुसार विद्युत बिस्तारका लागि पहिलो प्राथमिकतामा रहेर ट्रान्सर्फमर चार्ज गर्ने काम भैरहेको छ । त्यस्तै रुकुम पश्चिमका सबै गाउँमा पुगेर हाल विद्युत पोल तथा तार बिस्तार गर्ने काम पनि जारी रहेको उहाँको भनाइ छ । केन्द्रले जिल्लाका हरेक गाउँ बस्तीलाई केन्द्रीय प्रसारणको पहुँचमा जोड्ने गरि यो वर्ष मात्रै ३२ करोड बढी बजेट माग गरिएको जनाएको छ । यसबाट ६ वर्ष अघि रुकुममा पुगेको केन्द्रीय प्रसारणको पहुँच जिल्लाभरका सबै उपभोक्ता सम्म पुग्ने भएको छ ।

त्यस्तै वितरण केन्द्रले चालू वर्ष ०७९/८० को चौमासिक कार्य प्रगति विवरण अन्तर्गत २३ वटा ट्रान्सर्फमर चार्ज गरेर जिल्लाका विभिन्न स्थानमा विद्युत संचालन गरिएको बताएको छ । जसअन्तर्गत २५ के.भी.ए. का दुई, ५० के.भी.ए. का १९ र एकसय के.भी.ए. का दुईवटा ट्रान्सर्फमर चार्ज गरेर विद्युत सेवा बिस्तार तथा थप स्तरोन्नति गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News