रुकुम पश्चिम १, असोज ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंम सेवीकाका लागि १ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । मानव बिकास तथा सामुदायिक सेवा अन्तरगत मातृ तथा वाल स्वास्थ्य प्रर्वद्धन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा १ दिने पुर्नताजगि तालिम सम्पन्न भएको हो ।
साविकको खारा, मुरु र सिम्रुत स्वास्थ्य चौकीमा कार्यरत २७ जना महिला स्वास्थ्य स्वयंमसेवीकालाई नसर्ने रोगको परिचय, विश्व र नेपालमा नसर्ने रोेगहरुको वर्तमान अवस्था र रोकथामको निम्ति सरकारको नीति तथा कार्यक्रमको वारेमा जानकारी गराईएको मातृ तथा वाल स्वास्थ्य प्रर्वद्धन परियोजनाका परियोजना अधिकृत गोपाल तिमल्सिनाले जानकारी दिनुभयो ।
तालिममा उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास सम्वन्धि रोग, मृगौला सम्वन्धि लाग्ने रोग, क्यान्सर, स्वस्थ र अस्वस्थकर खाना गर्भावस्थामा देखा पर्ने खतराका चिन्ह तथा लक्षण, वच्चाहर देखिने खतराका चिन्ह तथा लक्ष्यणको वारेमा पनि जानकारी गराईएको थियो ।
तालिम त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको बताईएको छ ।
online cialis https://pudbiascan.strikingly.com/
Thanks. Loads of advice.