रुकुम पश्चिम ३१, असोज ।
रुकुम पश्चिममा आज ६७ औं प्रहरी दिवस मनाईएको छ । प्रहरी कार्यालय परिसरमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख, अमर प्रहरी परिवार, पूर्व प्रहरी कर्मचारी लगायतको उपस्थितिमा ६७ औं प्रहरी दिवस मनाईएको हो ।
विदसमा अमर प्रहरीका १० जना परिवारलाई खादा लगाएर सम्मान गरिएको छ । त्यस्तै प्रहरी कार्यालयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने जिल्ला स्थित निर्माण व्यवसायी, जग्गादाता तथा विभिन्न कार्यालयलाई समेत कदर पत्र प्रदान गरिएको छ ।
६७ औं प्रहरी दिवसको उपलक्ष्यमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजेता प्रहरीलाई पुरस्कार तथा उत्कृष्ट प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको छ । प्रहरी नायव उपरिक्षक विष्णु प्रसाद सोतीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
