शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
64x64
२०७९ असोज ३० आइतबार प्रेसपालिका संवाददाता
258 Views

रुकुम पश्चिम ३०, असोज ।
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको किष्ट अस्पतालले जनाएको छ ।

तीन हप्ता बढी अस्पतालमा भर्ना भएका १०३ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो ।
लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

पछिल्लो समय उहाँलाई छातीमा निमोनिया र पिसाबमा संक्रमण देखिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News