ताजा पत्रिका पाचौँ वर्षमा प्रवेश
64x64
२०७९ असोज २६ बुधबार प्रेसपालिका संवाददाता
304 Views

एन पि स्टार मिडिया प्रा लि द्वारा सञ्चालित ताजा पत्रिका डटकम पाँचौँ वर्षमा प्रवेश गरेको छ । समाचार सधैं ताजा भन्ने मुल मन्त्रका साथ २०७५ सालमा सञ्चालनमा आएको न्युज पोर्टलले आफ्नो प्रकाशनको चार बर्ष पूरा गरेर पाँचौँ वर्षमा प्रवेश गरेको हो ।

पत्रिकाले खोजमुलक सामग्री पाठक माझ ल्याउँदै आएको छ । आफ्नो प्रकाशनको पाचौँ वर्षसम्म आइपुग्दा बिभिन्न चुनौतीका चाङहरु चिर्न सफल भएको प्रधान सम्पादक अर्जुन बिष्टले जानकारी दिए । उनले भने,,निकै कस्ट र सकसको यात्रा तय हुदैँ आज पाचौँ बर्षमा प्रवेस गरेका छौँ ।
सत्यतथ्य मा रहेर हामीले सधैं पत्रकारिताको आधारभुत सिद्धांत भित्र रहेर समाचार प्रकाशन गर्दै आएका छौँ । यो सुखद् अनुभुती आम पाठक र दर्शकलाई सुनाउन पाउँदा हामी पुलङ्कित भएका छौ ।

सम्पादक विष्टले ताजा पत्रिका लाई यो स्थान सम्म ल्याउन सहयोग गर्नुहुने सम्पुर्ण पत्रकार ,कर्मचारी ,बिज्ञापनदाता, टेक्निकल लगायत सम्पुर्ण पाठकलाई धन्यवाद दिदैँ जनपक्षीय पत्रकारितामा आफुहरु कतैपनी नचुकेको बताए । बिष्ट बताउँछन ,जनताका पक्षमा हामिले सशक्त रुपमा कलम चलाएका छौँ । जनमुखी र खोज मुलक समाचारमा हाम्रो यात्रा निरन्तर अघि बढ्ने छौँ ।

प्रीय पाठकहरु,
नेपाली पत्रकारिताको क्षेत्रमा केही फरक गर्ने सोचले २०७५ साल असोज २६ गते हामिले ताजा पत्रिका डटकम सञ्चालन गरेका थियौंँ। समाचार सधैं ताजा भन्ने मुल मन्त्रका साथ सुरु भएको हाम्रो यात्राले आज चार वर्ष पूरा गरेको छ । हामी पाचौँ बर्षमा प्रवेश गर्दैगर्दा हामिले निरन्तर निस्पक्ष ,जनपक्षीय र सत्य तथ्यमा बिश्वास राख्ने आम नेपालीको साझा र विश्वसनीय सञ्चार माध्याम बन्ने प्रण गर्दछौँ।

नेपाली पत्रकारितामा नयाँ मिडियाका रुपमा चिनिएको अनलाइन पत्रकारिता आफैँमा चुनौतीपूर्ण छ । हाम्रो यो चुनौतीपूर्ण र छोटो यात्रामा ताजा पत्रिका डटकम लाई आम पाठकले अनलाइन सञ्चार माध्यमको क्षेत्रमा अग्रनी सञ्चार बनाई दिनुभयो । अन्याय र भ्रस्टाचारको विरुद्धमा लम्किएको हाम्रो यात्रामा आम पाठक वर्गले साथ दिनुभयो ।

खोजी पत्रकारिताको माध्याम बाट पाठकको समाचारको प्यास मेटाउन गरिएको कोसिसले यहाँहरुको मन जित्न सफल भएको छ । दर्शक,स्रोता र पाठकले हामिलाई रुचाउनुभयो । यहाँहरुको हौसला साथ समर्थन नै हाम्रो लागि अगाडी बढ्ने प्रेरणाको स्रोत भएको छ ।

यो यात्रा निकै चुनौतीपूर्ण रह्यो ।त्यो हामिलाई राम्ररी थाहा छ ।भ्रस्टाचार ,अनियमितता ,दलालीकरण र बेथितिमा रमाउन खोज्नेहरुका लागि हामी बाधक बनेका छौँ । आगामी दिनहरुमा पनि सशक्त ,सहनशीलताका साथ निस्पक्ष पत्रकारितालाई प्राथमिकता दिने छौँ ।

ताजा पत्रिका डटकम सधैं तपाईहरुको दु:खको साथी बन्दै आएको छ। ताजा खबरहरु आम पाठक बर्गमा पुर्याउदै हामी सधैं गलत प्रवृत्तिका विरुद्ध आवाज उठाउँदै आएका छौँ । बिज्ञापन मिडियाको मेरुदण्ड भएकोले हाम्रा सहयोगी शुभेच्छुक बिज्ञापनदाता प्रती नमन गर्दछौं । तपाईंहरुको साथ बिना हामी सधैं अपुरो नै हुन्छौँ।

हामी विरुद्ध भएका थुप्रै सडयन्त्र,धम्की ,शक्तिको गलत प्रयोग गरेर हामी माथी लगाइएका आरोपहरु हाम्रा पाठकको अघात मायाको अगाडी सबै फिक्का छन् ।त्यस्ता कार्यले हामिलाई उर्जा मिल्ने कुरामा बिस्वस्त छौँ ।

एन पि स्टार मिडिया प्रा लि द्वारा सञ्चालित ताजा पत्रिका काठमाडौंबाट निरन्तर खबरदारीका साथ सञ्चालनमा आएको छ । आफ्नै कन्ट्यानको समाचार लेख्ने , बेथितिको भण्डाफोर गर्दै आएका छौँ ।

ताजा पत्रिकाले समाजको ऐनाको रुपमा निर्भिकता सत्य तथ्य समाचार सम्प्रेषण गर्दै चार बर्ष पूरा गरेर पाँच बर्षमा प्रवेश गरेका छ । सञ्चार माध्यामको प्रयासले आमनागरिकमा परिवर्तन ल्याउने बिश्वासका साथ जिम्मेवार मिडियाको रुपमा हाम्रो पाँचौ पाइला अघि सरेको छ ।

निर्भिक पत्रकारिताको जग हामी कहिल्यै बिर्सने छैनौँ। वडा दशैँ र शुभदिवावलीको आगमन सँगै हाम्रो पाचौँ पाइला अघि सरेको छ । ताजा पत्रिकालाई तपाईको साथ सधैं रहने हाम्रो पूर्ण बिश्वास छ । देश तथा बिदेशबाट हामिलाई सयौं पाठकले पढ्नुहुन्छ। यो हाम्रा लागि गर्वको कुरा हो।
पाठकको यही विश्वास नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो। यसले हामीलाई हरेक दिन जिम्मेवार, निडर र निष्पक्ष पत्रकारिता गर्न प्रेरित गर्छ।

आगामी दिनहरुमा यहाँहरु संगसँगै हामी ताजा पत्रिका लाई थप सबल , सिर्जनशील,सहनशीलता र बिश्वसनियतामा थप उचाई बढाउने छौँ । नागरिक र सञ्चार माध्यमको सम्बन्धले नै सामाजिक बिकासमा सहयोग पुग्ने हुँदा ताजा पत्रिकालाई तपाईँ पाठकहरूको साथ रहनेछ भन्ने हाम्रो विश्वास छ।अन्तमा हाम्रा सम्पुर्ण पाठक,बिज्ञापनदाता,कर्मचारी ,साझेदारी सञ्चार माध्यम ,समाचार एजेन्सी पत्रकारहरु प्रती हार्दिक आभार व्यक्त गर्दछौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News