रुकुम पश्चिम २५, भदौ ।
आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले समानुपातिक तर्फका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
माओवादीले सार्वजनिक गरेको संघ तथा प्रदेश निर्वाचन तर्फ समानुपातिक उम्मेदवारमा १४ जना सिफारिसमा परेका हुन् ।
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाका अनुसार प्रतिनिधि सभाका लागि ७ जना र प्रदेशतर्फ पनि सातै जना उम्मेदवारलाई सिफारिस गरिएको छ ।
माओवादीले प्रतिनिधिसभाको समानुपातिकमा बुद्धिप्रसाद शर्मा, नरबहादुर पुन, कलबहादुर नाथ, र प्रेमकुमारी सुनारलाई सिफारिस गरेको छ । त्यस्तै इन्दीरा विएम, गणेश बि.क.र प्रेमा शाही पनि समानुपातिक उम्मेदवारको सिफारिसमा परेका छन् ।
यसैगरी प्रदेश सभाको समानुपातिकमा मिलन खड्का, ॠषिप्रसाद शर्मा, लक्ष्मी पुन र झक्कुप्रसाद घर्तीलाई उम्मेदवारको रुपमा सिफारिस गरिएको छ । निमबहादुर बुढाथोकी, गीता नेपाली र लालबहादुर सिर्पाली पनि प्रदेश सभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएको माओवादी केन्द्रले बताएको छ ।
प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि भने माओवादी केन्द्र रुकुम पश्चिमले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेको छ । जसअन्तर्गत प्रतिनिधि सभाका लागि जनार्दन शर्मालाई सर्वसम्मत चयन गरेको छ ।
प्रदेश सभासदस्य तर्फ भने निर्वाचन क्षेत्र १ का लागि महेन्द्र केसी र निर्वाचन क्षेत्र २ का लागि राजकुमार शर्मालाई माओवादी केन्द्रले उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।