रुकुम पश्चिम २१, भदौ ।
रुकुम पश्चिम प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा पुगेर जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । बालबालिका विरुद्ध हुने अपराध न्यूनीकरणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको हो ।
प्रहरीले सदरमुकाम मुसिकोट लगायत जिल्ला स्थित केहि सामुदायिक विद्यालय तथा स्थानीय सर्वसाधारणका लागि अभियानको रुपमा सचेतनामूलक कार्यक्रम भैरहेको बताएको छ । यो अभियान सहितको कार्यक्रममा आत्महत्या न्यूनीकरण, अबैध घरेलु मदिरा उत्पादन, बिक्री बितरण र नियन्त्रण तथा लागूऔषध दुर्व्यसन सम्बन्धी चेतनामूलक सन्देश दिने गरिएको छ ।
त्यस्तै स्थानीय बुद्धीजिबी, सामाजसेवी तथा सर्वसाधारणलाई समेत भेला गरेर प्रहरीले अपराध न्यूनीकरण र आत्महत्या लगायत विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको छ ।
यसबाट चाडपर्वको समय नजिकिंदै गर्दा जिल्लामा हुन सक्ने चोरी डकैती र अपराध न्यूनीकरण कम गर्न सकिने प्रहरीको भनाइ छ ।