घनश्याम खड्का रूकुम पश्चिम
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री विजयश्वरी सेकेन्डरी बाेर्डिङ स्कुलले “ज्ञान, बिज्ञान ,सिप,उद्धम र माैलिकता,साझेदारी र प्रणालीगत सक्षमता”भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी भव्य रूपमा मनाएकाे छ ।
बुधबार विहान विद्यार्थी शिक्षक अभिभावक समेत सहभागी भइ बाजागाजा सहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो।
स्कुलमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो। साथै विभिन्न प्रतियोगितामा स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो।
कार्यक्रममा शिक्षा तथा समन्वय प्रमुख तारा प्रकाश पुन को प्रमुख आतिथयता थियो भने कार्यक्रमकाे अध्यक्षता अनिता कुमाइ भण्डारी गर्नुभएको थियो त्यस्तै नगर शिक्षा प्रमुख बिनाराम खड्का , वडा नं १ का वडा अध्यक्ष ज्ञानु चन्द्र चन्द र शिक्षा अधिकृत नरेन्द्र ओलिकाे विशेष आतिथ्यतामा थियो।
कार्यक्रममा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । साथै विभिन्न प्रतियोगितामा स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो।