शैक्षिक गुणस्तर सुधार सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
64x64
२०८० भाद्र ०९ शनिबार प्रेसपालिका संवाददाता
314 Views

सत्य बटाला
रुकुम पश्चिम ९, भदौ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धी  शिक्षक, विद्यार्थी, प्रधानाध्यापक र जनप्रतिनिधिबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको आयोजनामा भदाै ८ र ९ गते राडी ज्यूला शिक्षा क्याम्पसमा शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र जनप्रतिनिधिबिच भएको अन्तरक्रियामा विद्यालय स्तरका समस्या, शिक्षाको गुणस्तर कसरी बढाउने लगायतका विषयमा छलफल भएको थियो । शैक्षिक गुणस्तर सुधार विषयक अन्तरक्रियामा शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइरालाले विद्यालयको गुणस्तर सुधारका लागि सामाजिक कार्य गर्न आउनेहरू राजनीतिक पक्षबाट माथि उठेर सेवाको भावना र इच्छा शक्तिका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।

कोइरालाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र जनप्रतिनिधिलाई खोज तथा अनुसन्धानात्मक शिक्षामा लाग्न अनुरोध गर्नुभएको छ । शैक्षिक गुणस्तर बढाउन व्यवहारिक शिक्षा र खोजमूलक शिक्षा अनिवार्य हुनुपर्ने कोइरालाले जिकिर गर्नुभएको छ । उहाँले शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय तहलाई जिम्मा लगाएर मात्र नहुने र यसका लागि पाठ्यक्रम, लगानी र शिक्षकको दायित्व तथा अभिभावकको भूमिका किटान हुनुपर्ने बतानुभएको छ । शिक्षाविद् कोइरालाले सरकारले देश र परिवेश सुहाउने गरी शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय र उच्च शिक्षाका के कस्ता विषयमा ध्यान दिने भन्नेबारे प्रष्ट हुनुपर्ने बताउनुभएको छ ।

त्यस्तै ‘पढ्दै कमाउँदै कार्यक्रम’का शिक्षक नारायण सिग्देलले आफ्नो वरपर रहेका सम्भावनालाई भरपूर सदुपयोग गरेर त्यसैबाट आर्जन गरेर विधार्थीलाई पढ्दै कमाउँदै कार्यक्रममा जोड्न सकिने बताउनुभएको छ। सुर्खेत बराहतालको जनज्योति माविमा पढ्दै–कमाउँदै कार्यक्रम सुरु गरेका प्रधानाध्यापक सिग्देलले पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि विभिन्न क्षेत्र तोकिएका र विद्यालयले आवश्यकता अनुकूल विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न सक्ने बताउनुभएको छ ।

दुई दिने शैक्षिक सुधार अन्तरक्रिया कार्यक्रममा बोल्दै आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले हाम्रै गाउँठाउँमा रहेका विविध सम्भावनाहरुलाई खोजी गरेर निश्चित क्षेत्राधिकार भित्र राखेर विद्यार्थीलाई व्यवसायिक शिक्षामा जोड्न शिक्षक तथा विधालयहरुलाई निर्देशन दिनुभएको छ । प्रमुख केसीले पढ्दै कमाउँदै कार्यक्रमलाई कार्यान्वयन गर्न नगरपालिका तयार रहेकोले सोही अनुसार विद्यालयहरुले गृहकार्य गर्न अनुरोध गर्नुभएको छ । उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाले अक्षयकोष स्थापना गर्ने उहाँको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा पालिकाका सबै विद्यालयहरुका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका अध्यक्ष र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |