एप्पल मन्टेश्वरीले मनायाे ७औं वार्षिकोत्सब
64x64
२०७९ चैत्र ०५ आइतबार प्रेसपालिका संवाददाता
306 Views

दाङ, चैत । 
दाङको एप्पल मन्टेश्वरीले ७ औँ वार्षिक उत्सव मनाएको छ । घोराही १० नारायणपुरमा रहेको मन्टेश्वरीले ७औं वार्षिक उत्सव शनिवार एक भब्य समारोहका बीच मनाएको हो ।

बार्षिक उत्सवको अबसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो । विद्यालयका प्रधानाध्यापक गोमा पुरीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका वडानम्बर -१०, का वडा अध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले विद्यालयले पछिल्लो चरणमा सफलता प्राप्त गर्दै गएको भन्दै विद्यालयको प्रशंसा गर्नुभयो । उहाँले मोफसलमा सफल एक र उत्कृष्ट नमुना मन्टेश्वरीको रुपमा स्थापित हुन सफल हुनु नारायणपुर बासीका लागि गौरवको कुरा रहेको बताउनुभयो । वडाअध्यक्ष पान्डेले विद्यार्थीलाई विभिन्न ज्ञानका साथै अनुशासनमा जोड दिएको भन्दै विद्यालय आउँदा दिनमा अझ नमुना बन्नुपर्ने बताउनुभयो । त्यसका लागि उहाँले सबै पक्षको साथ र सहयोग उत्तिकै आवश्यक रहेको औल्याउनुभयो ।

विद्यालयका प्रबन्ध निर्देशक दिपा घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले मन्टेश्वरीले छोटो समयमै बालबालिकाको मनोबैज्ञानिक तथा शिक्षण सिकाई क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै यसलाई बचाई राख्न आग्रह गरेका थिए । उनीहरूले मन्टेश्वरीले गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिन ध्यान दिनुपर्ने बताएका थिए । साथै मन्टेश्वरीको प्रशंसा व्यक्त गर्दै आगामी दिनमा मन्टेश्वरीले प्राप्त गरेको सफलतालाई बचाई राख्न आग्रह गरेका थिए ।

कार्यक्रममा अभिभावक भरत न्यौपाने, नारायणपुर उद्योग बाँणिज्य संघका महासचिव बसन्त न्यौपाने, मन्टेश्वरीका सेयर सदस्य मिनराज घिमिरे, सिद्धरत्न नाथ विद्यालयका प्रधानाध्यापक उत्तम कुमार खनाल, गुरुकुल एकेडेमिका प्रधानाध्यापक डां कृष्णराज डिसि, गुरुकुल एकेडेमिका सहायक प्रधानाध्यापक मुकुन्द गिरी र विद्यार्थी गौरव बोहरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बार्षिक उत्सवको अवसरमा मन्टेश्वरीका विद्यार्थीले विभिन्न प्रस्तुतिहरु देखाएका थिए । प्रत्येक वर्ष विभिन्न बिधामा उत्कृष्ट कार्य गरेको ब्यक्तिहरुलाई सम्मान गर्दै आएको एप्पल मन्टेश्वरीले यस वर्ष पनि शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा शिक्षिका रक्षा बुढाथोकी र सबिता खत्रि रहनुभएको छ भने कार्यालय सहयोगी सम्झना चौधरी र सवारी चालक गिर बहादुर रोका रहनुभएको छ । सो अवसरमा मन्टेश्वरीका प्रधानाध्यापक गोमा पुरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकको सहजिकरण विद्यालयकि शिक्षिका बन्दना बस्नेतले गर्नुभएको थियो । बार्षिक उत्सवको अवसरमा मन्टेश्वरी लेभल पार गरेका विद्यार्थीलाई दिक्षान्त गरीएको थियो । मन्टेस्वरी लेभल पुरा गरेका १५ जना विद्यार्थीहरुलाई विद्यालयले प्रमाण पत्र र पोसाक पहिरिएर दिक्षान्त गरेको हो ।  साथै एप्पल मन्टेश्वरीले आफ्नो ७औं  बार्षिक उत्सवकाे अवसरमा घाेराही १६ तेराैटेमा रहेकाे बृद्दाआश्रममा रहेका बृद्द बृद्दाहरुलाई सहयाेग समेत गरेकाे छ । बृद्दा आश्रमकाे लागि याे पुण्यकाे काम गरेकाे भन्दै आश्रम संंचालकले धन्यबाद प्रकट गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News