एप्पल फेवल हाउस कार्यक्रम सम्पन्न
64x64
२०७९ फाल्गुण २७ शनिबार प्रेसपालिका संवाददाता
276 Views

दिपक ओली
दाङ २७, फागुन ।
एप्पल मन्टेस्वरीको एप्पल फेवल हाउस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफैँ कथा लेखी आफैँ वाचन गर्नुपर्ने हुन्छ । प्रि १ देखि कक्षा १ सम्मका विद्यार्थीहरू यो कार्यक्रममा सहभागी हुने गरेका छन् ।

विद्यार्थीहरूको कन्फिडेन्ट लेभल बढाउने, श्रृजनात्मक बिकास गर्ने, सोच्ने शक्ति बढाउने र व्यक्तिक्त्व विकास गर्ने उद्धेश्यले एप्पल मन्टेश्वरीले यो बर्ष देखि आगामी वर्ष निरन्तर संचालन गर्ने गरी हरेक बर्ष एप्पल फेवल हाउस कार्यक्रमको आयोजना गर्ने गरेको कार्यक्रम निर्देशक गोमा पुरीले जानकारी दिनुभयो ।

शुक्रबार विद्यालयको प्राङ्गणमा कक्षा प्रि १ देखि कक्षा १ सम्मका  विद्यार्थीहरुले आफ्ना अभिभावकहरुको उपस्थितिमा कथा वाचन गरेका हुन् । कार्यक्रममा ३७ जना विद्यार्थीहरूले कथा वाचन गरी कार्यक्रम सम्पन्न गरिएको हो ।  विद्यालयले हरेक बर्ष विद्यार्थिहरुको लागि विभिन्न अतिरिक्त कृयाकलाप अन्तर्गत ब्यबहारिक शिक्षा प्रदान गर्ने गर्दछन् । यसले गर्दा वालवालिकाको पढ्ने र लेख्ने मात्र नभई अन्य क्षमताको विकास पनि हुने हुँदा यो बिधाबाट शिक्षा दिईएको विद्यालयका सहायक प्रधानाध्यापक ममता केसीले जानकारि दिनुभयो ।

कथा वाचन कार्यक्रममा उपस्थित हुनुभएका अभिभावक अनिल कुमार बस्नेतले एप्पल मन्टेश्वरीको सैद्धान्तिक, शैक्षिक प्रणाली र यस्ता अतिरिक्त कार्यक्रमले आफ्ना वालवालिकाले धेरै कुरा सिक्न पाएको र उनीहरुको मनोवल बढ्ने बताउनु भएको छ । साथै उँहाले  यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने बताउनुभएकाे छ ।

एप्पल मन्टेश्वरी एउटा विद्यालय मात्र नभएर साना बालबालिकाकाे पढ्दै सिक्दै गर्ने थलाे र मनाेरञ्जन संगै बालबालिकाकाे मानसपटलमा घर र बिद्यालय यउटै भएकाे र विद्यालयका शिक्षिका संग शिक्षा संगै जीवन जिउने कला पनि सिक्न पाएको बताउनुभयाे । सीप, कला लगायत अन्य ब्यबहारिक शिक्षा प्रदान गरेकोमा खुसि ब्यक्त गर्दै धन्यबाद समेत ब्यक्त गर्नुभयो ।

कथा बाचन कार्यक्रममा विद्यार्थीले कुनै न कुनै सन्देश दिने खालको कथा लेखेका थिए भने कथाले दिन खोजेको सन्देश के थियो भन्ने बारेमा पनि प्रष्ट पारेका थिए।वालवालिकाहरुको कथा लेखन कार्यक्रममा सहयोग पुर्याएको भन्दै विद्यालयले धन्यबाद ब्यक्त गरेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक ममता केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक बन्दना बस्नेतले गर्नुभएको थियो । कथा बाचन कार्यक्रमको संचालन कक्षा १ का विद्यार्थी गाैरव बाेहाेरा र सारवी परियारले गरेका थिए । एप्पल मन्टेस्वरि बिद्यालय २०७३ सालमा ५१ जना विद्यार्थी लिएर शैक्षिक क्षेत्रकाे विकास संगै प्रबिधि मैत्रि शिक्षा प्रदान गर्ने उदेश्यले घाेराहि १० नारायणपुरमा संचालनमा आएकाे थियाे । अहिले उक्त मन्टेश्वरी अभिभावककाे अत्यधिक राेजाईमा पर्दै गएकाे छ । जसकाे कारण अहिले विद्यालयमा कक्षा १ सम्म १ सय ५० बढि बिद्यार्थिहरु अध्ययनरत छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News